बिएल संवाददाता
धनगढी स्पोर्टस् क्लब धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी स्पोर्ट्स क्लब खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
यसअघि नै समूह ‘बी’ बाट युथ अफ टीकापुर, समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन्। धनगढी स्पोर्ट्स क्लबले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १९ दशमलव तीन ओभरमा ९६ रन बनाउँदा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित भएका भुवन कार्कीले आठ विकेट लिने क्रममा चार ओभरमा १८ रन खर्चिए। त्यस क्रममा कार्कीले इनिङ्सको पन्ध्रौँ ओभरमा तीन विकेट तथा सत्रौँ ओभरमा चार विकेट लिएका थिए।
खप्तड इन्डोर स्पोर्ट्सको ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६३ रन बनाए।
धनगढी स्पोर्ट्सको लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिए। धमलाले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमरसिंह रौटेलाले अविजित १२ रन योगदान दिए। धमलाले दोस्रो विकेटका लागि भुवन कार्कीसँग ८४ रनको तथा तेस्रो विकेटको लागि प्रनित थापासँग ५४ रनको साझेदारी गरे।
खप्तड इन्डोर स्पोर्ट्सको बलिङमा रवि विष्ट र आर्यन विष्टले दुई-दुई विकेट तथा वीरेन्द्र बमले एक विकेट लिए। लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको सो प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार रूपैयाँ र उपविजेताले एक लाख २८ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया