बिएल संवाददाता
ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ। दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ।
पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो। जाभि होर्नान्डेजको टिम बार्सिलोना आइतबार रियल सोसिडाड भ्रमणमा निस्कने छ। खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरू हुनेछ।
तर, बार्सिलोनासँगको भेटअघि रियल सोसिडाड पक्कै रमाइलो फेसमा हुने छैन। किनकी पछिल्लो १२ लिग भेटमा २ मात्रै जित निकालेको छ।
पहिलो खेलमा अट्याकर द्वय रोबर्टो लेवान्डोस्की र राफिन्हाले २१ प्रहार गर्दा पनि बार्सिलोना गोलविहिन भएको थियो। यसैले दोस्रो खेलमा बार्सिलोनाले गोल खाता खोल्न निकै संघर्ष गर्नुपर्नेछ।
यस्तै, आज नै हुने पहिलो खेलमा सवा ११ बजे एथ्लेटिको मड्रिडले भिल्लारियलको सामना गर्नेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया