बिएल संवाददाता
                                खेलाडी उत्पादन गर्ने उद्देश्य सहित जनकपुरमा विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिंदै छ।
राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाको आयोजनामा विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता हुने भएको छ।
जिल्ला क्रिकेट संघ धनुषासँगको सहकार्यमा मंसिर २६ गतेदेखि पुष ८ गते सम्म जनकपुरको रामजानकी अन्तराष्ट्रिय रंगशालामा प्रतियोगीता हुने जानकारी गराईएको छ।
प्रतियोगितामा एन प्यावसनमा आवद्ध १२ विद्यालयले सहभागिता जनाउँदै छन्। प्रतियोगिता ‘रनिङ कप’ प्रकृतिको हो, तर कोभिड–१९ महामारीको कारण दुई वर्ष स्थगित समेत भएको थियो। यो वर्षदेखि पुनः प्रतियोगिताले निरन्तरता पाउने भएको छ।
प्रतियोगिताबाट सक्षम खेलाडीको टिम बनाई प्रशिक्षण दिने लक्ष्य समेत रहेको बताईएको छ। साथै उत्कृष्ट १५ जना खेलाडीलाई क्रिकेट प्रशिक्षणसहित पढाईको लागि छात्रवृति उपलब्ध गाईनेछ।
आइसीसी मापदण्ड अनुसार प्रतियोगिता हुने उक्त प्रतियोगीतामा अन्तराष्ट्रिय एम्पायर रामकैलाश यादव समेतको भूमकिा रहनेछ। यादवले खेलका विषयमा जानकारी दिंदै भने- 'प्रत्येक टिमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुने छन्।'
हालै पोखरामा सम्पन्न भएको केपी ओली कप मधेश प्रदेश क्रिकेट टिमले जितेको थियो। संघीयताको कार्यानणवयनसँगै पहिलो पटक मधेश प्रदेशले राष्ट्रिय स्त्तरको प्रतियोगिता जितेको हो। जनकपुरधाम आसपासमा पछिल्लो समय क्रिकेट क्रेज बढ्दो छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया