मङ्गलबार, २७ अक्टोबर २०२६

पीसीबीलाई २५ हजार तिर्ने सर्तमा हुसेन तलातलाई खेलायो कर्णालीले

News Image
• • •

पाकिस्तानी अलराउन्डर हुसेन तलातले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेलेका छन्।

जनकपुर बोल्ट्सविरुद्ध जारी खेलमा उनी कर्णाली याक्सको प्लेइङ ११ मा समावेश भएका हुन्। यद्यपि उनले कर्णालीका लागि राम्रो रन भने बनाउन सकेनन्। उनी १३ बलमा ३ रन बनाएर आउट भए।

क्यान स्रोतका अनुसार कर्णालीले पाकिस्तानको क्रिकेट बोर्ड (पीसीबी)ले मागेको २५ हजार अमेरिकी डलर तिर्ने सर्तमा तलातलाई खेलाएको हो। 

कर्णाली याक्सले पीसीबीले मागेको २५ हजारमध्ये केही हिस्सा तलातका एजेन्टले व्यहोर्ने गरी तलातलाई खेलाउने सहमति गरेको क्यान स्रोतले बतायो।

पीसीबीले एनपीएल खेल्ने आफ्नो देशका हरेक खेलाडीका लागि २५ हजार डलर अतिरिक्त रकम मागेपछि पाकिस्तानी खेलाडीहरूको एनपीएलमा सहभागीताबारे अन्योल उत्पन्न भएको थियो।

यद्यपि कर्णालीमै आवद्ध भएका पाकिस्तानी खेलाडी सहिब्जादा फरहान भने फर्किइसकेका छन्।

यता कर्णालीविरुद्धकै म्याचमा जनकपुर बोल्ट्सले पाकिस्तानी अलराउन्डर इफ्तियार अहमदलाई खेलाएन।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!