बिएल संवाददाता
नेपाली टीमका भरपर्दा लेग स्पीन बलर सन्दीप लामिछाने राष्ट्रिय टोलीको नयाँ ओडीआई कप्तान नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको जिम्मेवारी खोसेर सन्दीपलाई ओडीआईको कप्तानको जिम्मेवारी सुम्पिएको हो।
सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् ।
यसअघि सन् २०२२ मा कप्तान बनेका सन्दीप बलात्कार मुद्दा लागेपछि बाहिरिएका थिए। ४ वर्षपछि टोलीको नेतृत्वमा उनको कमब्याक भएको हो।
मलेसियामा हुने एसीसी प्रिमियर कपबाट सन्दीपले नेपाली टोलीको नेतृत्व सम्हाल्नेछन्। टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन्।
आइसीसी विश्वकप लिग–२ मा रोहितको नेतृत्वको नेपाली टोलीको खराब प्रदर्शनसँगै उनकव जिम्मेवारी खोसिएको हो। योसँगै राष्ट्रिय टोलीको दुवै फर्म्याटबाट रोहितले नेतृत्व गुमाएका छन्। क्यानले यसअघि नै प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो । याेसँगै राेहितले ओडिआई र टी–२० दुवैको कप्तानी गुमाएका छन् । क्यानले टी–२० को कप्तानमा यसअघि नै दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिसकेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया