बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार यसपटक एनपीएल नेपालीहरूको प्रमुख चाड दशैं र तिहारको बीचमा आयोजना हुने भएको छ। यसअघि तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक भने चाडपर्वको मौसममै आयोजना गर्न लागिएको हो।
एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै प्रतियोगिताको तयारीसमेत अघि बढ्ने भएको छ। प्रतियोगितामा सहभागी टोली, खेलाडी छनोट, खेल तालिका तथा अन्य व्यवस्थापनका विषयमा क्यानले क्रमशः थप जानकारी सार्वजनिक गर्ने बताएको छ।
चाडपर्वको समयमा एनपीएल आयोजना हुने भएपछि प्रतियोगिताले नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ। दशैं–तिहारको लामो बिदाको समयलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएकाले मैदानमा दर्शकको उपस्थितिसमेत बढ्न सक्ने अनुमान गरिएको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया