बिएल संवाददाता
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन्।
उपविजेताको पदक ग्रहण गरिरहँदा मेस्सीका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ (एएफए) ले उनलाई भावुक सन्देशमार्फत सम्मान प्रकट गरेको छ।
अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क– न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा स्पेनले अतिरिक्त समयको १०६औं मिनेटमा फेरान टोरेसको निर्णायक गोलसँगै लगातार उत्कृष्ट प्रदर्शनलाई उपाधिमा परिणत गर्यो। यससँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो।
हारपछि सामाजिक सञ्जाल एक्समार्फत एएफएले मेस्सीप्रति कृतज्ञता व्यक्त गर्दै लेखेको छ, ‘तपाईंका आँसु हाम्रा पनि हुन्, कप्तान। तपाईंले हामीलाई जीवनकै सबैभन्दा ठूलो खुसी दिनुभयो। तपाईंको समर्पण, जादुई खेल र अन्तिम क्षणसम्मको संघर्षका लागि धन्यवाद। हामी तपाईंलाई सधैं माया गर्नेछौं, लियो।’
यो हारसँगै अर्जेन्टिनाको एक गौरवपूर्ण युगको पनि अन्त्य भएको मानिएको छ। मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ र २०२४ मा कोपा अमेरिका तथा सन् २०२२ मा विश्वकप उपाधि जितेको थियो।
फाइनलमा स्पेनका लागि वैकल्पिक खेलाडी फेरान टोरेस नायक बने। उनले १०६औँ मिनेटमा एमिलियानो मार्टिनेजलाई कुनै अवसर नदिई शक्तिशाली प्रहारमार्फत विजयी गोल गरे।
टोरेस विश्वकप फाइनलमा वैकल्पिक खेलाडीका रूपमा गोल गर्ने इतिहासका पाँचौँ खेलाडी बने भने सन् २०१४ मा मारियो गोट्जेपछि यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी पनि बने। उनी सन् २०१० मा एन्ड्रेस इनिएस्टापछि विश्वकप फाइनलमा गोल गर्ने दोस्रो बार्सिलोना खेलाडीसमेत बने।
स्पेनले यो जितसँगै पुरुष विश्वकपको दोस्रो उपाधि जित्यो। सन् २०१० मा पहिलो पटक विश्वविजेता बनेको स्पेनले यसअघि जितेको युरो २०२४ को उपाधिसँगै युरोप र विश्वकप दुवैको च्याम्पियन बन्न सफल भएको छ।
१९ वर्षीय लामिन यामालका लागि यो करियरकै सबैभन्दा ठूलो उपलब्धि बनेको छ। प्रतियोगितामा उनले एक गोल मात्र गरे पनि स्पेनको सफलता सामूहिक प्रदर्शनमा आधारित रह्यो। मिडफिल्डमा रोड्रीले खेल नियन्त्रण गरे, मिकेल ओयार्जाबाल पाँच गोलसहित उत्कृष्ट गोलकर्तामध्ये एक बने भने गोलकिपर उनाइ सिमोन उत्कृष्ट प्रदर्शनका कारण ‘गोल्डेन ग्लोभ’ जित्न सफल भए।
सम्पूर्ण प्रतियोगितामा स्पेन अपराजित रह्यो। समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–० ले हरायो। त्यसपछि नकआउट चरणमा अस्ट्रियालाई ३–०, पोर्चुगललाई १–०, बेल्जियमलाई २–१ र फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल पुगेको थियो।
फाइनलमा स्पेनले बल नियन्त्रणमा पूर्ण दबाब कायम राख्दै अर्जेन्टिनालाई केवल एक पटक मात्र लक्ष्यमा प्रहार गर्ने अवसर दियो। स्पेनले भने १२ पटक लक्ष्यतर्फ प्रहार गर्यो।
अतिरिक्त समयमा एन्जो फर्नान्डेज दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले सहज नियन्त्रण कायम राख्दै विश्वकप उपाधि आफ्नो नाममा गरेको हो।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया