बिएल संवाददाता
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन्।
मेस्सीका लागि यो फाइनल केवल विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको प्रतिस्पर्धा मात्र होइन, सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको तितो सम्झनाको पुनरागमन पनि हो।
त्यही मैदानमा उनले पेनाल्टी चुकाएका थिए, बेन्चमा आँसु झारेका थिए र राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेर विश्व फुटबललाई स्तब्ध बनाएका थिए।
त्यतिबेला मेस्सीले भनेका थिए, ‘मेरो लागि राष्ट्रिय टोलीसँगको यात्रा सकियो। मैले धेरै प्रयास गरेँ’ त्यसपछि अर्जेन्टिनाभर उनलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै व्यापक अभियान चलेको थियो।
त्यसबेला १५ वर्षीय किशोर एन्जो फर्नान्डेजले सामाजिक सञ्जालमार्फत मेस्सीलाई भावुक सन्देश लेखेका थिए। उनले, ‘तपाईं जे गर्न चाहनुहुन्छ गर्नुस् तर कृपया टोलीमा रहनुहोस्। रमाइलोका लागि खेलिरहनुहोस भन्दै आग्रह गरेका थिए।
एक दशकपछि फर्नान्डेज अहिले मेस्सीका समर्थक मात्र होइनन अर्जेन्टिनाका प्रमुख मिडफिल्डर बनेर उनीसँगै लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छन्।
यता प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको थियो।
उक्त खेलमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेका थिए भने लाउटारो मार्टिनेजले इन्जुरी समयमा विजयी गोल गरेका थिए।
अर्जेन्टिनाले लगातार १४ खेल जित्दै दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो लगातार जितको कीर्तिमान बराबरी गरेको छ।
टोली सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने दोस्रो राष्ट्र बन्ने लक्ष्यमा छ।
यता युरोपियन च्याम्पियन स्पेन प्रतियोगिताको सबैभन्दा बलियो रक्षापंक्ति भएको टोलीका रूपमा फाइनलमा पुगेको छ।
प्रशिक्षक लुइस दे ला फुएन्ते को टोलीले प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोरेको छ र पुरुष विश्वकप इतिहासमै एक संस्करणमा सर्वाधिक ६ क्लिनसिट राख्ने पहिलो टोली बनेको छ।
स्पेनले समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराएर फाइनल यात्रा तय गरेको हो। टोली ३७ खेलदेखि अपराजित रहँदै सन् २०१० पछि दोस्रो विश्वकप उपाधिको खोजीमा छ।
अर्जेन्टिना र स्पेनबीच हालसम्म १४ खेल हुँदा दुवैले ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा उनीहरूबीचको एकमात्र भेट सन् १९६६ मा भएको थियो, जहाँ अर्जेन्टिनाले २–१ को जित निकालेको थियो।
भने पछिल्लो भेट सन् २०१८ को मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो।
यसपटक भने सबैको नजर फेरि एकपटक मेस्सीमाथि केन्द्रित हुनेछ। १० वर्षअघि आँसुसहित मेटलाइफ स्टेडियम छाडेका मेस्सीसँग अब त्यही मैदानलाई आफ्नो करियरको अर्को अविस्मरणीय सफलताको साक्षी बनाउने अवसर छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया