बिएल संवाददाता
बारास्थित ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले लागुऔषधसहित २ जना पुरुषलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा २ किलो ५०० ग्राम लागुऔषध अफिम जस्तो पदार्थ सहित २ जना पुरूषहरुलाई पक्राउ गरेको हो।
हेटौंडाबाट वीरगञ्जतर्फ जादै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको १२५ सिसिको डिस्कभर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई लगी रहेको अवस्थामा अफिम जस्तो पद्धार्थ मरामद गरिएको हो।
पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा चितवनस्थित कालिका नगरपालिका वडा नम्बर ३ कि ५० वर्षिय संचलाल वाईवा र मकवानपुरस्थित हेटौडा उप–महानगरपालिका वडा नम्बर ३ का ४८ वर्षिय हिरालाल वाईवा रहेका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया