बिएल संवाददाता
मोरङको पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
दुई महिला-पुरुष एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
कार्यालयका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा जोडी मृत फेला परेको बताए।
उनका अनुसार पथरीशनिश्चरे-५ का अजय टुडू र कटहरी गाउँपालिका-६ माइती जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन्।
चिमरियाले भने, ‘मृतक पुरुषका दुई छोरा छन्। महिलाको पनि ढेड बर्षको बच्चा रहेको बुझिएको छ। घटना हेर्दा उनीहरू प्रेम सम्बन्धमा रहेको देखिन्छ।’
प्रहरीका अनुसार यही फागुन १८ गते राति पुरुषले ती महिलालाई आफ्नो घर ल्याएका थिए। त्यसपछि घरमा खाना खाएर उनीहरू बाहिर निस्किएका थिए। हिजो सोमबार त्यहीँ रहेको शुक्रबारे हाटमा घुमेका पनि थिए।
आज बिहानसमेत मौलिबारीको पोखरीको डिलमा गफ गरेर बसेका स्थानीयवासीले देखेको एसपी चिमरियाले बताए। फेरि बिहानै १० बजेपछि स्थानीयले नै झुण्डिएको अवस्थामा देखेर आफन्त हुँदै प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको चिमरियाले बताए।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया