बिएल संवाददाता
रौतहटसहित मधेश प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित वनेका छन्। चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन्।

दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ। चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका बासिन्दामा वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको पनि प्रयोग गर्दै आएका हुन्। गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन्।

वनमा दाउराको अभाव रहेको र पाएमा पनि चर्को मूल्यमा खरिद गर्नु पर्ने बाध्यता भएकाले गृहिणीहरूले गुइँठा प्रयोग गर्दै आएको पाईन्छ। आगो ताप्नका लागि घुर लगाउन तथा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्ने गरेको स्थानीय रामकलिया देवीले बताइन्। सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गर्छन।

चिसोको कारण गौर सदरमुकाममा रहेका सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको संख्यामा समेत कमी आएको छ। बिहान र बेलुका बाक्लो हुस्सुको कारण सवारी साधन चलाउन कठिनाइ भएको छ भने सडक दुर्घटना जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। न्यायो तथा लुगा, कपडा खरिद गर्नको लागि कपडा पसलमा भिड लाग्ने गरेको देखिएको छ।
जाडो बढेकाले बालबालिका तथा वृद्धवृद्धालाई ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। यसैबीच अत्यधिक चिसो बढेपछि रौतहटका अधिकांश पालिकाहरूले सामुदायिक बिद्यालयहरू बन्द गरेका छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया