बिएल संवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गर्नुपर्ने निर्णय गरेको छ।
पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो विशेष बैठकले देशलाई वास्तविक निकास दिन अन्तरिम सरकार खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो।
आइतबार बैठकमा गरेका निर्णय सार्वजनिक गर्दै महासचिव विप्लव सीले अन्तरिम सरकारको निर्माण आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल नभएको दाबी गरे।
महासचिवले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जेनजी विद्रोहपछि जसरी अन्तरिम सरकारको निर्माण गरिएको छ यो आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल खाँदैन। देशलाई वास्तविक निकासतिर डोहोर्याउने हो भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनु पर्दछ र यसको ठाउँमा जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेशी, बुद्धिजीवी, राजनीतिक दलहरू सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्दछ।’
बैठकले नयाँ बन्ने सरकारले विशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्ने बताएको छ। संविधानको पुनर्लेखन, राज्यको पुनर्संरचना, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्दै उत्पीडित जातिहरूको अग्राधिकारसहितको समाजवादी संघीय राज्य निर्माण गर्नुपर्ने निर्णय गरेको छ।
विप्लव सीको विज्ञप्ति–
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया