बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नागरिकमा देशको माया नभएको बताएका छन्। मंगलबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।
‘पहिले नैतिक शिक्षा हुन्थ्यो। त्यसमा देशको माया। इतिहासको माया। संस्कृतिको माया। देशको विकास गर्ने माया हुन्थ्यो,’ अहिले छैन,’ उनले भने, ‘अहिले छैन। जहाँ गए पनि हुन्छ। विदेशमा चर्पी सफा गरे पनि हुन्छ भन्नेछ।’
त्यसैले गर्दा अहिले बेरोजगार भएर नै विदेश गएको भन्ने कुरा सत्य लाग्न छाडेको उनको भनाइ छ। ‘आफ्नै घरको खाना खाएर। ८० हजार तलब खाने शिक्षक ८० लाख तिरेर किन विदेश गएका छन्? किन? के बेरोजगार भएर मात्र हो त?,’ प्रचण्डले प्रश्न गरे, ‘त्यसैले अहिले देशभक्त। राष्ट्र प्रेम मर्दै गएको छ।’
उनले अब शिक्षा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले अगाडि भने, ‘नेपालमा प्रशस्त सम्भावना छ। नेपालमा जल, जमिल छ। शिक्षा नीति सदनमा छ। त्यसमा अब शिक्षा नीतिमा छलफल गरौँ।’
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया