बिएल संवाददाता
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूले ‘संसदमा प्रभावकारी भूमिका खेल्दै आएका नेता’हरूलाई मन्त्री बनाउन शीर्ष नेतृत्वलाई दबाब दिएका छन्।
सत्ता गठबन्धनमा फेरबदल आएसँगै सत्तासीन दल एमाले, माओवादी, रास्वपा र जसपाका नेताहरू ‘मन्त्री छान्न र मन्त्री बन्न’ सल्बलाइरहेका छन्।
त्यसो त रास्वपाभित्र ‘को–को मन्त्री बन्ने भन्ने विषय’मा नेताहरूबीच बादविवाद र सभापति लामिछानेको चर्को आलोचना भइरहेको छ।
‘हामीहरू एकातिर मिसन– ८४ हल्ला फिजाइरहेका छौँ। अर्कोतिर मिसन नसकिँदै ८०मै सकिने अवस्था आइलाग्ला जस्तो छ,’ रास्वपा एक पदाधिकारीले भने, ‘सभापतिजी समानुपातिक सांसद– त्यो पनि म्यानपावर दलालको ट्याग लागेका व्यक्तिलाई मन्त्री बनाउँदै हुनुहुन्छ, यो राम्रो संकेत होइन।’
सभापति लामिछानेले ‘कोर टीम’का सदस्य तथा उपसभापति डाेलप्रसाद (डिपी) अर्याललाई श्रममन्त्री बनाउन लागेपछि प्रत्यक्ष निर्वाचित सांसदहरूले चित्त दुखाएका छन्। अर्यालको पृष्ठभूमि विवादित छ। र, उनी समानुपातिक कोटाबाट सांसद बनेका हुन्।
रास्वपाका नेताहरूले प्रत्यक्ष निर्वाचित सांसद सोविता गौतम, विराजभक्त श्रेष्ठ, स्वर्णिम वाग्ले, हरि ढकाल वा समाानुपातिक सांसद सुमना श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने दबाब दिइरहेका छन्।
‘सकभर जितेर आएका मान्यहरूलाई मन्त्रीको जिम्मेवारी दिँदा राम्रो, त्यसो पनि नगर्ने हो भने संसदमा प्रभावकारी भूमिका निभाइरहेका सांसदहरूलाई मन्त्री बनाउनुपर्छ भन्ने हाम्रो मत हो,’ रास्वपा एक केन्द्रीय सदस्यले भने।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया