बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा सही ‘ट्र्याक’मा आएको बताएका छन्।
सत्तामा आएको परिवर्तनसँगै सरकारमा नजाने लिङ्देनको निर्णयप्रति समर्थन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्।
राप्रपा अध्यक्ष लिङ्देनले राप्रपा सत्ता केन्द्रित चलखेलमा सामेल नहुने घोषणा गरेका थिए। उनले ट्विटरमा भनेको थिए, ‘राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन। वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य आवश्यकता हो।’
लिङ्देनको यो ट्विटलाई रि–ट्विट गर्दै थापाले राप्रपा सही ‘ट्र्याक’मा आएको बताएका हुन्।
उनले भनेका छन्, ‘अब समय बर्बाद नगरी सम्पूर्ण राष्ट्रवादीहरु एकठाउँमा उभिनुपर्छ। आन्दोलनको आँधिबेरी सिर्जना गरेर विद्यमान भ्रष्ट व्यवस्था, भ्रष्ट शासक र फोहाेरी राजनीतिबाट देश र जनतालाई सँधैको निम्ति मुक्त तुल्याउनुपर्छ।’
दुवै पार्टीले व्यवस्था परिवर्तनका लागि सडक आन्दोलनमा जाने घोषणा गरिसकेका छन्।
स्मरण रहोस्, कमल थापा उनै व्यक्ति हुन् जो अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएर राप्रपा छाडेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया