बिएल संवाददाता
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ गठबन्धन सरकारमा सहभागी हुने निश्चित भएको छ।
सोमबार बिहान बसेको सचिवालय बैठकमा सभापति लामिछानेले अघिल्लो राति बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबीच चलेको बैठकको छलफलबारे बिफ्रिङ गर्दै रास्वपा नयाँ गठबन्धनमा सामेल हुने बताएका छन्।
लगतै, उपसभापति स्वर्णिम वाग्लेनिकट नेताहरूले ‘प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व कसले गर्छ त?’ भन्दै प्रश्न गरेका थिए।
अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले वाग्लेलाई अर्थमन्त्रीको रुपमा अघि सार्नुपर्ने बताएका छन्।
अहिले देशको अर्थतन्त्र ओरालो लागेको भन्दै वाग्लेलाई अर्थमन्त्रीको रुपमा पार्टीले सरकारमा पठाउनुपर्ने उनीहरूको जिकिर छ।
रास्वपा नेताहरूले स्वर्णिम वाग्लेको नामै लगेर अर्थमन्त्री बनाउनुपर्ने मत राखेपछि सभापति लामिछाने रिसाएका थिए।
‘हाम्रो पार्टी सरकारमा जान्छ, अब यहाँ धेरै नबोलौँ सरकारमा मै आफैं जान्छु,’ लामिछानेको बैठकमै भनेको एक नेताले जनाएका छन्।
ध्चष्तभ तय क्गकजष्बि द्यष्कजधबपबचmब
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया