बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्।
उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ गठबन्धनको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न लागेका हुन्।
कांग्रेस–माओवादीको सत्ता गठबन्धन भत्किएपछि सभापति लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाइरहेका छन्।
स्रोतका अनुसार ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेको सहमतिमा फेरि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का भएको हो।
त्यस्तै, नयाँ गठबन्धन बनेसँगै एमालेबाट पदम गिरि र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै छन्।
नयाँ समीकरण बन्नुअघि आइतबार राति बसेको तीन दलको बैठकमा लामिछानेले आफ्नो दाबी उपप्रधान र गृह मन्त्रालयमा रहेको बताएका थिए।
नयाँ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा लामिछानेले आफूले गृहमा दाबी गरेको बताएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया