बिएल संवाददाता
नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
कांगेसले आज विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गरेको छ।
कांग्रेस यो घटनालाई निष्पक्ष ढङ्गले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि सरकारसँग माग गरेको छ।
यो दुखद् क्षणमा बालिका शालिन पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कांग्रेसले उहाँको परिवारजनप्रति समवेदना व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया