बिएल संवाददाता
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दाे युवा पलायनका कारण देश नै वृद्धाश्रम हुने खतरा बढेकाे बताएका छन्
शनिबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा गृहमन्त्री श्रेष्ठले रेमिट्यान्स भित्रियाे भन्दैमा खुसी हुनुपर्ने अवस्था नरहेकाे बताएका हुन्।
‘युवाहरू विदेशिने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा छ, उनीहरुले रेमिट्यान्स पठाए भनेर खुसी हुने अवस्था छैन’, गृहमन्त्री श्रेष्ठले भने।
त्यस्तै उनले युवाहरूमा दुर्व्यसनीकाे सिकार हुने क्रम बढेकोले सरकारले अब देशैभर हरेक पालिकामा रिह्याब सेन्टर खोल्ने अभियान चलाउने तयारी गरेको उनले बताए।
अर्काे प्रसंगमा उनले राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै व्यवस्थाविरुद्ध उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेको बताए। व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठुलो भिन्नता आउन नसकेको जनाउँदै विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले जनतामा निराशा छाएको उनले जनाए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया