बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह आफ्नो पार्टी भएको बताएका छन्।
आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिँदै भने, 'जति पनि कम्युनिष्ट पार्टी छन् ती कम्युनिष्ट पार्टीले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन्, आफ्नो पार्टी समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अघि बढेको छ।'
अध्यक्ष नेपालले मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठूलो चुनौती रहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीजस्तो क्रान्तिकारी पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री नेपालले आगामी निर्वाचन एक्लै लड्नसक्ने गरी सङ्गठनलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए। आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने एउटा क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता उहाँले औँल्याएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया