बिएल संवाददाता
निर्वाचन आयोगले उपनिर्वाचनको मिति ताेकेकाे छ।
आयोगकाे आइतबार बसेकाे बैठकले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेकाे हाे।
आयोगकाे निर्णयअनुसार प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङकाे प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते उपनिर्वाचन हुनेछ।
इलाम निर्वाचन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र-१ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भएकाे थियाे। साेही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेकाे हाे।
‘निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ’, आयोगको विज्ञप्तिमा भनिएकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया