बिएल संवाददाता
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आइतबार अपरान्ह ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आइतबार बिहानका लागि बोलाइएको थियो।
बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, तराई-मधेश अभियानका लागि कार्य विभाजनका विषयमा छलफल हुनेछ।
माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजाय गर्ने पनि जनाइएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया