बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताएका छन्।
कांग्रेस पूर्वमहामन्त्री डा. कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेकाे चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए।
‘महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ’, डा. कोइरालाले भने। कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो। सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।
‘विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन’, उनले भने। जीवन सङ्घर्ष भएकाले सङ्घर्ष गर्न सिक्नुपर्ने नेता डा कोइरालाको भनाइ थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया