बिएल संवाददाता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
आज बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुनलगायत समसामयिक विषयमा छलफल भएको थियो।
उपराष्ट्रपतिले अध्यक्ष तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा निर्वाह गरेकाे महत्वपूर्ण भूमिकाका लागि धन्यवाद दिँदै उनको सुख, शान्ति, दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेकाे उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्ताव गरिएका महत्पूर्ण विधेयक र कानुन यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउन सबै पक्षबाट सकारात्मक प्रयास हुन जरुरी भएको बताए।
यहाँको कार्यकाल यही फागुन २० गते पूरा हुँदैछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया