बिएल संवाददाता
पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्र कायम गरिनुपर्ने विषय महासमितिमा प्रवेश भएको तर त्यस विषयमा कुनै निर्णय हुन नसकेको भन्दै महासमिति सदस्य पदबाट राजनीनामा दिएका छन्।
बाँके क्षेत्र नं. २ बाट चौधौं महाधिवेशनबाट महासमिति सदस्य निर्वाचित भएका हमालले फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठका दौरान हिन्दुराष्ट्र कायम हुनुपर्ने विषयमा महासमिति सदस्यहरुले चलाएको हस्ताक्षर अभियानलाई सम्बोधन नगरिएको भन्दै महासमित पदमा बसिरहन उचित नएको बताएका हुन्।
बाँके काँग्रेसका पूर्वसभापतिसमेत रहेका उनले महासमिति बैठक सुरु हुनु पहिले हिन्दुराष्ट्र घोषणाको अभियानलाई पार्टीले साथ नदिए महासमिति सदस्यबाट राजीनाा दिने घोषणा गरेका थिए।
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया