बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा आगामी चैत १ देखि १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियानका बारेमा छलफल भएको सचिव गणेश साहले जानकारी दिए।
उक्त अभियानको ‘रुट’का सम्बन्धमा पनि बैठकमा सामान्य छलफल भएको उनले बताए। अभियान झापाको चन्द्रगढीबाट सुरु भएर वीरगन्ज, ठोरी, माडी चितवन हुँदै पश्चिम नेपालसम्म पुग्नेछ। हुलाकी राजमार्गलाई आधार मानेर अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ।
गत भदौदेखि पुससम्म देशभर चलेको ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सफल भएको निष्कर्ष निकालेको माओवादीले तराई–मधेस लक्षित जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। आजको बैठकमा अघिल्लो रुपान्तरण अभियानको समीक्षासमेत भएको सचिव साहले जानकारी दिए।
बैठकले अभियानको मूल्याङ्क गर्दै सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई दण्डको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ। बैठकमा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्जले अभियानका बारेमा ‘रिपोर्टिङ’ गरेका थिए।
स्थायी समिति बैठक भोलि अपराह्न १ बजे पुनः बस्ने तय भएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया