बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको बहस चलाउनुपर्ने बताएका छन्।
सोमबार काँग्रेसको महासमिति बैठकको उद्घाटन गर्दै उनले संविधानका मूलभूत मर्म र सिद्धान्तहरूलाई प्रतिकूल असर नपर्ने गरी संशोधनको प्रक्रिया थालनी गर्नुपर्ने बताएका हुन्।
‘शासकीय स्वरुप नेपाली काँग्रेसको मान्यताअनुरुप छ। संविधानको सार्थक कार्यान्वयनमा दृढ छ। संविधानको कार्यान्वयनले देशमा दीगो शान्ति सुशासन र विकास अनि समृद्धि ल्याउँछ’, उनले भने, ‘संविधान गतिशिल दस्तावेज हो। संविधानमा जनताको अपेक्षा समेट्नुपर्छ। संविधान कार्यान्वयन र अस्पष्टताहरूलाई अब केलाउने बेला भएको छ। त्यसैले संविधानको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्नेगरी संविधान संशोधनको प्रक्रिया थालनी गर्नुपर्छ।’
त्यस्तै उनले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नभएको कारण काँग्रेसले गठबन्धन गर्नुपर्ने भएको पनि उनले बताए।
‘अहिलेको हाम्रो निर्वाचन प्रणाली नै त्यस्तै प्रकारको छ। यही प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउने स्थिति रहँदैन’, उनले भने, ‘त्यसैले हामी पनि गठबन्धन गरेर गएका हौँ। तर यसको औचित्यबारे यो महासमिति बैठकमा छलफल हुनेछ। र साथीहरूले टुङ्गो लगाउनुहुनेछ।’
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया