बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ।
मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
मुख्यसचिव ढकालका अनुसार आज अपराह्न १ बजेसम्म सामूहिक छलफल हुनेछ भने २ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलका निष्कर्ष पेस गर्नेछन्। एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन्।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया