बिएल संवाददाता
नेकपा माओवादी केन्द्रको केन्द्रिय समितीकाे बैठक आज पनि जारी रहने भएको छ।
हिजो देखि काठमाडाैँमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानकाबारेमा समिक्षा सुरू गरिएको छ।
आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ।
फागुन १ गते देखी सुरू हुने बिधान अधिवेसन अघि माओवादीले केन्द्रिय समिति बैठक बोलाएको छ। गत शनिवार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रिय समिति बनाउने प्रस्ताव पारित र त्यसलाइ पदाधिकारीले टुंगो लगाएर बिधान अधिवेसनमा पेश गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रिय समिति बैठक बोलाइएको हो।
हिजोको बैठकमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेसका इन्चार्ज लीलामणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानका बारेमा रिपोर्टिङ गरेका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया