बिएल संवाददाता
नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन्।
छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले विस २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताएका हुन्।
‘स्वास्थ्य क्षेत्रमा केहीपनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार हुँदै गएको छ, थप सुधार हुँदै जानेछ’, उनले भने।
उनले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालिन मन्त्री स्वर्गीय गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे।
छत्रपाटी चिकित्सालको जमिन तत्कालिन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो। उक्त चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्नेमा उनले जोड दिए।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवम् वडा नं १७ का अध्यक्ष नविन मानन्धरले चिकित्सालयको विकासमा महानगरले सहयोग गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सो चिकित्सालयमा पाँच र दश वर्ष अनवरतरुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवानिवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया