बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य सोविता गौतमले पार्टीभित्र पदका लागि लडाइँ भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन्। मंगलबार काठमाडौँको स्वयम्भूस्थित स्टार ब्याङ्केटमा आयाेजित कर्णालीकाे चियापान तथा भेटघाट कार्यक्रममा बाेल्दै साेविताले पार्टीभित्र पदका लागि छँताडमँछाड भएकाेप्रति चिन्ता व्यक्त गरेकी हुन्।
‘हाम्रो संगठनमा साथीहरु केहीँ न कहीँबाट जोडिनुभएको छ। अनि, के खालको प्रवृत्ति पनि यदाकदा देखिन थालेको छ भने,– यसलाई पछार्यो भने म त्यहाँ पुग्छु, त्यसलाई पछार्यो भने म त्यहाँ पुग्छु। संगठनको हिसाबले म सभापति हुन्छु। यो हुन्छु। त्यो हुन्छु। हुन्छ के? आफ्नै संगठनको साथीलाई पछारेर तपाईं अलिकति माथि पुग्नु भयो भने हुन्छ के?’, साेविताले प्रश्न गरिन्।
उनले पार्टीभित्र माैलाउँदाे पदीय लडाइँ प्रवृत्तिप्रति दु:ख व्यक्त गर्दै सबैलाई सकारात्मक भएर पार्टीका क्रियाकलापहरु गर्न आग्रह गरिन्।
उनले आफ्नाे पार्टीकाे लडाइँ गरिबी र भ्रष्टाचारविरुद्धकाे भएकाे भन्दै पदका लागि तँछाडमँछाड नगर्न आग्रह गरिन्। ‘तँछाडमँछाड गरेर संगठनमा अलिमाथि पुग्नु भएको साथी पनि कहीँ पुग्नुहुनन्। यदि यो लडाइँ गरिबीविरुद्धको, भ्रष्टाचारविरुद्धको लडाइँ हो भने हामीले तँछाडमछाँड गरेर एउटाले अर्कालाई पछार्ने गरेर हामी कोहीँ पुग्दैनौँ। यसबाट पाठ सिक्नुपर्छ,’ साेविताले भनिन्।
त्यस्तै उनले पार्टीकाे लाेकप्रियता देखेर केही मानिसहरु पार्टी प्रवेशका लागि पदकाे बार्गेनिङ गरिरहेकाे खुलाएकी छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया