बिएल संवाददाता
धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन्।
कार्यव्यस्तता देखाउँदै प्रमुख साम्पाङले निर्वाचनमा मतदान नगर्ने बताएका हुन्।
यता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी भएनन्। उनले पनि कार्यव्यस्तताका कारण देखाउँदै निर्वाचनमा सहभागी नभएका हुन्।
राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा भएकाे मतदान अन्तिम चरणमा पुगेकाे छ भने कही प्रदेशकाे मतदान सकिएकाे छ।
निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ। मत परिणाम आजै सार्वजनिक हुनेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया