बिएल संवाददाता
धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन्।
कार्यव्यस्तता देखाउँदै प्रमुख साम्पाङले निर्वाचनमा मतदान नगर्ने बताएका हुन्।
यता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी भएनन्। उनले पनि कार्यव्यस्तताका कारण देखाउँदै निर्वाचनमा सहभागी नभएका हुन्।
राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा भएकाे मतदान अन्तिम चरणमा पुगेकाे छ भने कही प्रदेशकाे मतदान सकिएकाे छ।
निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ। मत परिणाम आजै सार्वजनिक हुनेछ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया