बिएल संवाददाता
अघिल्लो पटकको पत्रकार सम्मेलनमा पत्रकारहरूलाई गाली गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पनि मिडियाका ‘हेडलाइन आतंक’बाट आफू कहिल्यै नतर्सिने बताएका छन्।
विवादित पृष्ठभूमिका व्यापारी जिबी राईसँग मिलेर सहकारी संस्थाको लाखौं रकम हिनामिना प्रकरणमा मुछिएका समाचारहरू आउन थालेपछि सोमबार रविले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेका छन्।
छेउँछाउमा पार्टीका नेता स्वर्णिम वाग्ले र पूर्व बैंकर अनिलकेशरी शाहलाई राखेर उनले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन लागिएको दाबी पनि गरे।
सहकारीको कुनै पनि रकम आफ्नो नामको खातामा जम्मा नभएको भन्दै उनले सम्बन्धित बैंकको पत्र पनि देखाएका थिए। गोर्खा मिडियामार्फत् सहकारीको १ करोड ८० लाख रकम हिनामिना गरेको आरोपसहित समाचारहरू सार्वजनिक भएका थिए।
पत्रकार सम्मेलनमा आफूलाई पटक–पटक एउटै विषयमा ‘हेडलाइन आतंक’ले तर्साउन खोजिएको भन्दै उनले यी प्रकरणहरूमा दोषी प्रमाणित भए आफू सजाय भोग्न तयार भएको पनि बताए।
‘सहकारी पीडितहरूको पक्षमा अन्तिम समयसम्म पनि लड्न हामी तयार छौं। म तयार छु। हाम्रा साथीहरू तयार छन्’ उनले भने ‘मैले पटक–पटक भन्दै आएको छु। यसमा मेरो कुनै हात छैन। मैले कसैलाई ठगी गरेको पनि छैन। मैले आफूसँग काम गरेका कसैलाई पनि बिचल्ली बनाएको छैन। तर मलाई हेडलाइन आतंक मच्चाएर मलाई तर्साउन खोजिएको छ। म अलि ज्याद्रो छु। यस्ता हेडलाइनले म तर्सिन्न।’
पत्रकार सम्मेलनमा पूर्वबैंकर अनिलकेशरी शाहले पनि बैंकहरूमा हुने कमजोरीहरू बारे प्रस्ट्याउन खोजेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया