बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनालाई निराश बनाउने छुट कसैलाई नभएको बताएका छन्।
माघी पर्वको अवसरमा सितल निवास दिवा भोजमा बोलाएर राष्ट्रपति पौडेलले नेताहरूकाे ध्यानाकर्षण गराएका हुन्।
देश–विदेशका सबैले नेपालको संविधान तल्लो तहका वर्गलाई समेत न्याय दिने गरी बनेको भनेर प्रशंसा गरेको भन्दै यस्तो उत्कृष्ट संविधान बनाएका जनतालाई निराश बनाउने छुट कसैलाई नहुने उनको भनाइ छ।
संविधानले जे परिकल्पना गरेको छ, सोहीअनुसार कानुन बनाएर अगाडि बढ्न नेताहरुलाई उनको आग्रह छ।
‘संविधानले जे परिकल्पना गरेको छ। त्यसलाई कार्यान्वयन गर्न कानुन बनाउन आवश्यक छ। अब संविधानको कार्यान्वयनमा जाऊँ’, उनले भने, ‘जनताले जे पाइने आशा गरेका छन्, त्यसलाई निराश नबनाऔँ।’
नेपाली जनता धेरै अगाडि बढिसकेको बताउँदै पौडेलले कसैलाई पनि पछाडि फर्किने छुट नरहेको बताए।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया