आइतबार, ०९ अगस्ट २०२६

आज माओवादी स्थायी कमिटीकाे बैठक बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा (शनिबार) आज बिहान ११ बजे बैठक सुरू हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्।

बैठकमा पार्टीको विधान संसोधनबारे छलफल हुने उनले बताए। 

पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ।

उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा आजदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने प्रवक्ता सापकोटाले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!