बिएल संवाददाता
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई आज शपथ गराएका छन्।
प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेशसभाबाट निर्वाचित सभामुख विष्ट प्रदेशसभाको नियमावली–२०७४ को नियम ८ बमोजिम शपथ गराइएको हो। शपथ समारोहमा प्रदेशका मुख्यमन्त्री केदार कार्की, निवर्तमान तथा पूर्वमुख्यमन्त्री क्रमशः हिक्मतकुमार कार्की, उद्धव थापा र राजेन्द्र राई, पूर्वसभामुख, प्रदेशका मन्त्री, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रदेश प्रमुख र विभिन्न राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यसअघि आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावाली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम भएको निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले)को सहमतिमा सभामुख विष्ट निर्विरोध निर्वाचित भएका छन्। विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रदेशसभा सदस्य बनेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया