बिएल संवाददाता
बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयको एक र स्वास्थ्य मन्त्रालयको चार गरी पाँच जना दशौँ तहका अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव पदमा दीपक सुवेदी नियुक्त हुनुभएको छ।
एघारौँ तहमा बढुवा हुनेमा दीपक सुवेदी, दीपक तिवारी, वसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्र झा रहेको प्रदेशका उद्योग वाणिज्य भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिएका छन्।
एघारौँ तहमा बढुवा हुनुभएका सुवेदीलाई प्रदेश शिक्षा निर्देशानलयको निर्देशकमा नियुक्ति गरिएको र उनलाई सोही कार्यालयमा पदस्थापन पनि गरिएको मन्त्री चित्रकारले जानकारी दिए। अन्य नियुक्त हुनुभएका एघारौँ तहका अधिकृतलाई केही दिनभित्रै पदस्थापन गरिने पनि उनले बताए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया