बिएल संवाददाता
बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयको एक र स्वास्थ्य मन्त्रालयको चार गरी पाँच जना दशौँ तहका अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव पदमा दीपक सुवेदी नियुक्त हुनुभएको छ।
एघारौँ तहमा बढुवा हुनेमा दीपक सुवेदी, दीपक तिवारी, वसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्र झा रहेको प्रदेशका उद्योग वाणिज्य भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिएका छन्।
एघारौँ तहमा बढुवा हुनुभएका सुवेदीलाई प्रदेश शिक्षा निर्देशानलयको निर्देशकमा नियुक्ति गरिएको र उनलाई सोही कार्यालयमा पदस्थापन पनि गरिएको मन्त्री चित्रकारले जानकारी दिए। अन्य नियुक्त हुनुभएका एघारौँ तहका अधिकृतलाई केही दिनभित्रै पदस्थापन गरिने पनि उनले बताए।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया