बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफैं सत्तामा भएर ‘यो भएन, त्यो भएन भन्नुभन्दा काम गरेर राम्रो अंक ल्याउन’ पार्टीका मन्त्री र जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।
शनिबार पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यो बेला कांग्रेसले मौका पाएको अवस्थामा काम गरेर देखाउनु पर्ने बताएका हुन्।
उनले भने, ‘पद हामीले लिने अनि बाहिरको मान्छेले गाली गर्छ त ठीक छ त। हामीले नै यो पनि भएन त्यो पनि भएन भन्ने? गर्ने चाहिं कसले हो त?’
उनले कांग्रेसबाट केन्द्रमा प्रतिनिधित्व गर्नर् मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरू र मन्त्रीहरूले पनि मौका पाएको बेला काम गरेर देखाउनु पर्ने बताए। उनले कांग्रेसका जनप्रतिनिधिहरूलाई ०८४ नपर्खिन र अहिले नै देखिने गरी काम गर्न निर्देशन दिए।
उनले भने, ‘कांग्रेसले ०८४ मा गर्छु भन्ने होइन। अहिले मौका आएको छ अहिले गर्नुपर्छ। ०८४ मा त रिपोर्ड कार्ड लिएर जाने हो । यति गर्छौं भनेका थियौं, यति गर्यौ भन्ने हो। अनि पो नागरिकलाई भन्न सकिन्छ।’
उनले कांग्रेसले रिपोर्ट कार्डमा राम्रो अंक ल्याउन गरी काम गरिरहेकोले अहिलेको काम देखाएर ०८४ को निर्वाचनमा जाने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया