
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्माओलीले विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई आफूहरूले थ्रु’ गरेको बताएका छन्.
शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले, विकास निर्माणका काममा ‘ब्रेक’ लगाएर राखिएका कामलाई ‘थ्रु’ गरिएको भन्दै राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरूको लागि यस्तो खबर दुखद् हुने बताए।
उनले भने, ‘निराशाको व्यापार गर्ने असन्तुष्टि र उत्तेजनाको उद्योग चलाएर त्यसमा नै आफ्नो भविष्य देख्ने र राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुखद् हो।’
उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सत्ताको नाउमा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको बताए।
संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट अब मुक्त भएको पनि उनको भनाइ छ।
उनले भने,‘सत्ताको नाउमा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने मुलुक एमव् जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण भएको छ। संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं।’
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया