बिएल संवाददाता
गृहमन्त्रालयले नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई आजै दर्ज्यानी चिह्न (फुली) लगाउने कार्यक्रम तय गरेको छ।
मन्त्रालय स्रोतका अनुसार केसीले धार्मिक विधि पूरा गरेर बिहीबार बिहान मात्रै फुली लगाइदिन अनुरोध गरे पनि मन्त्रालयले आजै फुली लगाइदिने भएको हो।
केसीलाई गृहमन्त्री सुधन गुरुङले मन्त्रालय बोलाएर आजै फुली लगाउन आग्रह गरेपछि उनी तयार भएका हुन्।
उनले आजै पदबहाली पनि गर्नेछन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार
नवनियुक्त आईजीपी केसीको स्वागतका लागि प्रहरी हेडक्वार्टरमा आवश्यक तयारी शुरु भइसकेको छ।
फुली लगाएपछि हेडक्वार्टर लैजानका लागि औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पुगिसकेको छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया