बुधबार, ०४ नोभेम्बर २०२६

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिवबीच भेटवार्ता

News Image
• • •

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे।

उक्त अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा मन्त्री खनाल र सचिव मिश्रीबीच छलफल भएको थियो।

साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिश्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरे।

दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएको थियो।

त्यस्तै, विदेश सचिव मिश्री भोलि बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गर्ने कार्य तालिका छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!