बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएकाे अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत् संस्कृति मन्त्रीजस्ताे पदमा बसेकाे व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिन मिल्छ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीलाई किराती अभिव्यक्तिबारे ध्यानाकर्षण गराएका हुन्।
मन्त्री किरातीले दिएकाे अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिकाे, उत्तेजनक, गैरजिम्मेवार, पदीय गरिमाविपरीत भएकाे भन्दै खेद प्रकट गरेका छन्। ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्’, उनले भनेका छन्।
मन्त्री किरातीले बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा धार्मिक अभिव्यक्ति दिएका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया