आइतबार, ३१ मे २०२६

डडेल्धुरामा १२ वर्षीया पटकपटक बलात्कृत

बालिका आइतबार उपचारका लागि आफन्तसहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन्। उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

भुटानी शरणार्थी शिविरमा ८ महिने बालकको हत्या, घिसिङ पक्राउ

उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

प्रभु साहको प्रश्न- प्रचण्ड नेतृत्वको सरकार कुन वर्गको हो?

उनले अहिलेको दलीय सिण्डिकेटलाई तोड्दै दलतन्त्रको विकल्प खोज्ने समय आइसकेको बताए। आम श्रमजीवी वर्ग, सर्वसधारण, किसान, मजदुरलगायतकालाई पीडादायी अवस्थामा पुर्याउने दलतन्त्रको विकल्प नखोजिए योभन्दा ठुलो दुःख भोग्नुपर्ने अवस्था आउने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

कुलो र पुल निर्माण भएपछि भुम्लुमा खुसियाली

भुम्लु गाउँपालिका–५ स्थित घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ । आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान निकै खुसी भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर होः चिरीबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाटन (ललितपुर)

खाद्यान्नबालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ : कृषिमन्त्री

सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम रु ४५ करोड, पहाडमा रु ३५ करोड र तराईमा रु ५० करोड खर्च गरिएको छ। विमानस्थलमा कति खर्च हुन्छ भन्ने यकिन छैन। क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

माओवादी केन्द्रको विधान सम्मेलन जारी

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म सक्रिय छु: प्रधानमन्त्री प्रचण्ड

‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ता ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईंहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईंहरूको पनि सहयोग चाहियो।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२० प्रतिशत नेपाली अझै गरिबीको रेखामुनि

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति पौडेलले गरे गायिका मेनुका पौडेललाई सम्मान

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘उपकुलपति छनोटका लागि सर्टलिष्टमा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्नुपर्छ’

उपकुलपतिका लागि सर्टलिष्टमा परेका व्यक्तिबारे छलफल गर्दै बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएका पनि सर्टलिष्टमा परेकाले नियुक्तिको प्रक्रिया तत्काल रोक्नुपर्ने भनेपछि समितिले विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय टोलीले प्रधानमन्त्रीलाई बुझायाे चीन भ्रमणको प्रतिवेदन

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावलाई समेट्ने प्रतिबद्धता जनाए। ‘औपचारिक भ्रमणबाट तपाईंहरुले दिनुभएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछौँ,’ उनले भने, ‘भ्रमणमा सिकेका कुरा नेपालमा पनि कार्यान्वयनमा लैजानुपर्छ भन्ने भ्रमण टोलीको सुझावप्रति सकारात्मक छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित

त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सहिद दशरथ चन्द स्वाथ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो। उक्त विधेयकमाथिको छलफलमा मदनकुमारी शाह (गरिमा), दिलकुमारी रावल थापा (पार्वती), युवराज शर्मा, सुरेश आले मगर र कमला पन्तले सहभागिता जनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैदेशिक रोजगारीबाट फर्केर उद्यम गर्नेहरुलाई सम्मान गर्दै सरकार 

मन्त्रालयले त्यसका लागि वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट कुनै पनि पुरस्कार प्राप्त नगरेको हुनुपर्ने उल्लेख गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. लामिछानेलाई ‘एजुकेसन एक्सिलेन्स्’ अवार्ड प्रदान

शिक्षा क्षेत्रको विकासमा विशेष भूमिका खेलेको भन्दै विश्वविद्यालयले प्रा.डा. लामिछानेलाई सम्मानित गरेको हो। विश्वविद्यालयले आयोजना गरेको विकास भारत–२०२४ कार्यक्रम र भारत ज्ञान कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

गृह मन्त्रालयले भन्याे- फागुन १ गते सार्वजनिक बिदा दिइएकाे छैन

१ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृह मन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेको छ। सरकारले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वाेच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं