सोमबार, ०१ जुन २०२६

दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आएका थानी बुधबार स्वदेश फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कतारी अमिरको सम्मानमा दिवाभोज

प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी अमिरलाई स्वागत गरेका थिए। दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर, के-के मा सम्झौता?

कतारको तर्फबाट दुईदिने नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार होटल सोल्टीमा सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धुलिखेल

सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने

परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाे छ, त्यसतर्फ सचेत रहनुपर्छ: प्रधानमन्त्री

‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्। गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको  डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक÷एक वटा घर आगोले जलेर नष्ट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सल्लेरी

पराशर मार्गमा कालोपत्र गर्न थालियो

व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु भएको छ।  आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले टेण्डर प्रक्रिया पूरा गरी निर्माण थालिएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ। कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ। पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ। फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ। डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ। गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

रोजगारीको खोजीमा युवा जमात बिदेसिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्षित तालिम सञ्चालन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

यस्ताे आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा दुई सय मिटर जैविक तटबन्ध निर्माण थालिएको छ। शुक्लाफाँटा–२ रानीपुर र वडा नं ३ को पिपलाडीमा जैविक तटबन्ध निर्माण अघि बढाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

भक्तपुरमा गाई फर्ममा आगलागी, जले १७ गाई र १ भैँसी

भक्तपुरको सूर्यविनायक नगरपालिका-१, तर्खगालस्थित ओमसाई गाई फर्ममा आगलागी हुँदा १७ गाई र १ भैँसी जलेर नष्ट भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरे। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विमानस्थलमा खुशीयाली, वीर अस्पतालमा छटपटी 

कविता, सुनिल र दीपक मात्र होइन। कतारी राजा थानी आउँदा मंगलबार सरकारले सार्वजनिक बिदा दिएपछि वीर अस्पतालमा ओपिडी सेवा सञ्चालन हुन सकेन। उनीहरु जस्तै दजनौँ बिरामीले उपचार गर्न पाएनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपति र कतारी अमिर भेटवार्ता: मध्यपूर्वको द्वन्द्व र जलवायु परिवर्तनप्रति नेपालकाे चिन्ता

उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए। राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजा त राजै हुन् 

केही रोचक पनि बनेको कतारी राजाको यो भ्रमणलाई केही पार्टीहरू र नेताहरूले राजनीतिको अर्को रोचकतासँग पनि गाँसिदिए। गणतन्त्रपछि नेपालमा राजा मागिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कतारी राजाको यो भ्रमणलाई आफ्नो राजनीतिक गर्भसिद्धान्तसँग जोडेर टिकाटिप्पणी गर्नसमेत भ्यायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं