सोमबार, ०१ जुन २०२६

करिब डेढ किलो सुन र १ करोड बढी रकमसहित काठमाडौँबाट ७ जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले शुक्रबार बिहान अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेकाे हाे। उनीहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ बरामद भएको  प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण

काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि बढेकाे छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

 खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाटन

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन्। संघीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - झापा

एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ। पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नारायणगढ

आजदेखि कक्षा १२को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भोलिदेखि कक्षा १२को परीक्षा :  तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो

खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले सिँचाइका लागि पानी छोडेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

जिल्ला अदालत रौतहटले काँग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ। बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बजारमा भेटिए कम गुणस्तरका ‘वाइ-वाइ’का चाउचाउ, महानगरले तिरायाे २ लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भुटानी शरणार्थी प्रकरण: टाेपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री तथा एमालेबाट निर्वाचित निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी समस्या समाधान तत्काल काम सुरु गर्ने मन्त्री परिषद् बैठककाे निर्णय

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरी सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित, सतर्कता अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि नेपालगञ्जको अधिकतम् तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके   

इलाम- २ मा १ हजार ३ सय ६३ प्रहरी परिचालन, ३७ मतदान केन्द्र अतिसंवेदनशील

प्रहरी प्रधान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन कार्य तयारी पूरा भएको जानकारी दिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महावैका तत्कालीन उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु, ६ जना घाइते

जिल्लामा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन्। सामुदायिक वनमा लागेको डढेलोबाट रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा नै खाना, खाजा र पानीसहितको उचित व्यवस्था गर्न विभागले काट्यो पत्र

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति कार्यालयले उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णयअनुसार उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं