५३ जिल्लाका ४ सय ३६ स्थानमा डढेलो
नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ।’
बिएल संवाददाता - काठमाडौं
नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ।’
बिएल संवाददाता - काठमाडौं
बस्तीमा आगो दन्किरहँदा मण्डल बलिन्द्र आँसु झार्दै बस्तीबाट ससाना लालाबाला, सरसामान, पशुचौपाया र अन्य वस्तु जोगाउन अपिल गरिरहेका थिए। निकै द्रवित र हतास भएका मण्डलको त्यसताकाको भिडियो पनि सार्वजनिक भएको थियो। भिडियोमा देखिएजस्तो नागरिकको पीडा र क्षतिले भावविह्वल हुँदा पनि आफू हतास भने नभएको उनको भनाइ छ।
बिएल संवाददाता - महोत्तरी
सूचना प्रविधिका क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। संसारमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा धेरै परिवर्तन भएका छन्। नेपालले पनि त्यसलाई सँगसँगै पछ्याउन जरुरी छ। नेपाल दुई ठूला देशका बीचमा छौँ। नेपालले सूचना प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने देखिएको छ।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार घटनामा दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन्। थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।
बिएल संवाददाता - सोलुखुम्बु
बिहीबार १७८ एक्यूआइसहित काठमाडौँ शीर्ष स्थानमा रहेको छ। यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ। त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ। लाहोर १७० एक्यूआईसहित दोस्रो स्थानमा छ।
बिएल संवाददाता - काठमाडौं
'विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन। आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ। चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए',सूचना अधिकारी कर्णले भने।
बिएल संवाददाता - पाेखरा
मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ। सवारी साधन सञ्चालन गर्न मिल्ने तीन सय १५ मिटर लामो पुलको २० प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको हो।
बिएल संवाददाता - तनहुँ
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैँ
अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ। प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन्। मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो। बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन्। यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ।
बिएल संवाददाता - महोत्तरी
गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ। हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो। विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ। विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रूपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो स्क्वास दैनिक जिल्लामा भएका दुई वटा उद्योगबाट गरी झण्डै करिब साढे तीन लाखको हाराहारीमा बिक्री हुने गरेको उत्पादक बताउँछन्। जिल्लामा डिलक्स एग्रो फरेस्ट्री प्रोडक्ट प्रालि र मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामका दुई वटा स्क्वास उद्योग रहेका छन्।
बिएल संवाददाता - रामेछाप
जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ। उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा बुधबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन्। जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो।
बिएल संवाददाता - बागलुङ
‘मलाई कुनै शंका छैन, म षडयन्त्रको सिकार भएको छु। यस षडयन्त्रमा आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले आशीर्वाद दिऊन्,’ सन्दीपले लेखेका छन्।
बिएल संवाददाता - काठमाडाैं
भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका– ४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए।
बिएल संवाददाता - भक्तपुर
उनले भने, ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न तरिकाले आ–आफ्नो देशको विशिष्टता एवं राष्ट्रिय परिवेशमा मनाउने गरिन्छ। संविधानले निर्दिष्ट गरेका मौलिक हकलाई कार्यान्वयन गर्न यसलाई सदुपयोग गर्नुपर्ने छ।’
बिएल संवाददाता - कैलाली
आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन। धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उनी चिन्तित छिन्।
बिएल संवाददाता - खोटाङ
पशुपतिनाथ मन्दिरकाे जलहरी प्रकरणमा सफाइ पाएपछि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले अब पशुपतिनाथ मन्दिरकाे सेवामा अहाेरात्र खटिने वचन दिएकाे छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .