सोमबार, १७ नोभेम्बर २०२५

राजनीतिक दलसम्बन्धी विधेयक संसद्मा

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थामा अध्यादेशमार्फत् संशोधन भएको थियो। तर उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभासमक्ष पेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजनीतिक नियुक्ति र भागबण्डाका कारण सरकारी निकायहरु समस्याग्रस्त बन्दै गए’

नेपाल वायुसेवा निगममा सरकारले करिब रु ३१ अर्ब बराबर लगानी गरेको र हाल रु ४८ अर्ब घाटामा रहेको उल्लेख गर्दै उनले निगमको आर्थिक अवस्था सुधारका लागि पहल गरिनुपर्ने माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीलाई ज्ञानेन्द्र शाहीकाे जवाफ: मैले राजीनामा किन दिने- मान्छे मारेर आएकाे हाे? (भिडियाे)

‘म जनताबाट निर्वाचित भएर, जुम्लाका दाजुभाइले आशीर्वाद दिएर पठाएकाे हाे। मैले राजीनामा किन दिने? म ८/९ वर्षका बच्चाबच्चीकाे घाँटी काटेर आएकाे हाे? मैले राजीनामा किन दिने-  गुँड्दै गरेकाे बसमा बम हानेर मान्छे मारेकाे हाे? मैले नेपाली दाजुभाइ दिदीबहिनीलाई मारेकाे हाे? जातजाति, धर्म, भेषभूषाका नाममा हिंसा गर्दै आएकाे हाे? मैले राजीनामा के आधार र कुन अवस्थामा दिने?

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्घाटनअघि कोटबाडाको सुनथराली विमानस्थलमा परीक्षण उडान

३८ वर्षपछि कालिकाेटको नरहरीनाथ गाउँपालिका-१ काेटबाडास्थित सुनथराली विमानस्थल उद्घाटन हुन लागेको छ। उद्घाटनअघि तारा एयरले सफल परीक्षण उडान गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अध्यागमनले जारी गर्‍याे अनलाइनमार्फत ‘रुट परमिट’

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद हो : सांसद घिमिरे

कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसदलाई लिने गरिन्छ। जनतालाई कानुन निर्माण हुने थलो संसद हो भन्ने कुरा राम्ररी बुझाउन नसक्दा एक खालको अन्यौल देखिन्छ। संसदमा विकास निर्माणलगायत जनसरोकारका विषय र विधेयकमाथिका छलफलले प्राथमिकता पाइरहेका हुन्छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित भएका छन्। इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ)ले उनलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोदोबाट बिस्कुट उत्पादन

पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

सुदूरपश्चिममा पाँच लाखभन्दा बढी बालबालिकालाई खोप लगाइँदै

सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ। दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत, शेरे कामी पक्राउ

पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका- १ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामी रहेका छन्। उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - राेल्पा

हिउँमा खेल्दै पढ्दै

विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए। उनका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

३८ वर्षपछि कालीकोटको कोटबाडा विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री

कालीकोटको नरहरिनाथ गाउँपालिका- २ कोटबाडास्थित सुनथराली विमानस्थल ३८ वर्षपछि औपचारिकरुपमा उद्घाटन हुने भएको छ। विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १४ गते उद्घाटन गर्ने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकाेट

भ्रष्टाचार मुद्दामा मुछिएका लुम्बिनीका सांसद यादव निलम्बन

सार्वजनिक सम्पत्ति (वन पैदावर)काे हानी-नाेक्सानी गरेकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद यादव पदबाट स्वत: निलम्बन भएकाे लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिशु चोरी गर्ने महिला सार्वजनिक, शिशुकाे केएमसीमा उपचार हुँदै

शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका– १ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

सिरहा नगरपालिका– १३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

महावीर पुनकाे किताब बिक्रीमा लुम्बिनीका मन्त्रीकाे साथ, किताब बाेकेर दिनभर डुले

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनकाे किताब बिक्रीमा लुम्बिनी प्रदेशका भाैतिक निर्माण तथा पूर्वाधार मन्त्री धर्मबहादुर चाैधरीले साथ दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

पातारासीमा आगलागी: लाखौँको क्षति, २८ जनाको परिवार विस्तापित

जुम्लाको पातरासीमा आगलागी हुँदा एउटा घर जलेर ४१ लाख बढीको भएकाे छ। पातारासी गाउँपालिका- २ तल्फीका कालसिंह सार्कीकाे घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला