मङ्गलबार, ०५ अगस्ट २०२५

राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न गठबन्धनको बैठक बालुवाटारमा

राष्ट्रियसभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलको बैठक आह्वान गरेका हुन्। सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरुले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेवार रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले निर्वाचन हारेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट अभावले अर्घाखाँचीका एक सय३१ खानेपानी योजना अलपत्र

जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन्। क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगत वर्षमै उपभोक्ता समितिले सम्पन्न गरिसकेका छन् तर रकम भने पाउन सकेका छैनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक

विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन्। दैनिक तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले विदेशी पर्यटक आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

ग्वार्को फ्लाइओभर निर्माणकाे काम धमाधम, ४० प्रतिशत भौतिक प्रगति (तस्बिरहरू)

फ्लाइओभर निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएपछि करिब तीन महिना जति राेकिएकाे काम अहिले भने धमाधम अघि बढेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौँ: मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री र बेलायतका सेनाप्रमुखबीच भेट, भूतपूर्व गोर्खा सैनिकका माग समाधानबारे छलफल

भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेनाप्रमुखसँग अनुरोध गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरहाका सिडिओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो

सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ, गुनासो नआउने गरी काम गर्नुहोला

अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार सूचकांकमा नेपाल १०८औँ स्थानमा, गत वर्षको तुलनामा एक अंक सुधार

सार्वजनिक तथ्यांकअनुसार २०२३ मा १०० मा ३५ अंक ल्याएर नेपाल १०८औँ स्थानमा रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा एक अंक थप्दै नेपाल दुई स्थानमाथि उक्लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

इनरुवा नगरपालिका-८ गणेशपुरमा बस्ने आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - ‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरी

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन, सबै पेशी स्थगित

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ। मंगलबार इजलासमा जाने तयारीमा रहेका उनकाे हृदयघातबाट उनको मृत्यु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खुनुवादेखि रसुवागढीसम्म जोडेर नयाँ पदमार्ग निर्माण

लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो। एक्सपिडीसनले सोमबार साँझ पत्रकार सम्मेलन गरी नेपालको तराईबाट हिमाली क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिएको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहिद दिवसको प्रेरणालाई नभुलौँ: केपी ओली

सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार सहिद प्रति नमन व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्छ: प्रधानमन्त्री

उनले भने, ‘नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान सहिदहरूले उच्च बलिदान गरेका छन्। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बर्थिङ सेन्टर : वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर)को भौतिक संरचना जीर्ण भएको छ। जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ। प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ४६ युवा ठगिए

वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन्। उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - खाेटाङ

लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शहीद प्रेरणाका स्रोत हुन्: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन्। शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज माघ १६ : सहिद दिवस मनाइँदै

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपुतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ। गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ