मङ्गलबार, ०५ अगस्ट २०२५

सर्लाहीमा प्रहरीमाथि कार्यालयमै छुरा प्रहार, एकजना पक्राउ

महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

अरुण चौधरी र अजितमानसिंह ग्राण्डी अस्पतालमा रिफर

बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएपछि उनी गएराति महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए। चौधरीलाई चिरायुले रिफर गरेपछि ग्रान्डीमा राखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना७ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ। बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएन।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

समलिङ्गी विवाह गरेकाे जाेडीलाई सम्मानस्वरुप आर्थिक सहयाेग

लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मंसिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई प्राइड रेन्बोले सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अत्यधिक दोहनले सङ्कटमा सिमसार

हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ। यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

संखुवासभा जिल्ला अस्पतालबाट एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - संखुवासभा

दामनसँगै चन्द्रागिरिमा पनि हिमपात

इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि हिमपात सुरु भएको जानकारी दिए। राति थप हिमपात भए त्रिभुवन राजपथ अवरुद्ध हुने सम्भावना रहेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

यती एयरलाइन्सले भित्र्यायो दुई विमान

दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपकाे फाइनलमा

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

तुलसीपुरमा सुनचाँदी पसलमा आगलागी

दाङको तुलसीपुरमा मुख्य बजारमै रहेको न्यू नेपाल सुनचाँदी पसलमा आगलागी भएको छ। आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल पुगेको प्रहरीले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘वीर अस्पताल र न्याम्स छुटाउनु पर्छ’ 

मेरो अनुभवमा दाङको घोराहीमा रहेको तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँदा जनतालाई उपचार महंगो भएको छ। सरकारले प्रतिष्ठानलाई एकमुष्ठ अनुदान दिने र बाँकी प्रतिष्ठानले आफै कइ गर्नुपर्ने बाध्यताका कारण जनतालाई उपचार महंगो भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

निजी क्षेत्रको आपत्ति: प्रतिष्ठित व्यवसायीलाई अपराधीजसरी पक्राउ गरियो

व्यवसायी अरुण चौधरी पक्राउ परेपछि अगुवा व्यापारी व्यवसायीहरूले आफूहरूलाई सरकारले हतोत्साहित बनाउन थालेको आरोप लगाएका छन्।बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा व्यापारी चौधरी र कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालगायत चार जनालाई सिआइबीको टोलीले बिहीबार पक्राउ गरेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायतले २०८ वर्षदेखि थाँती असमानताकाे अन्त्य गर्ने अन्तिम अवसर नगुमाओस्- गाेसाे

विगतमा भएका काम र उपलब्धीहरुकाे स्मरण गराउँदै ती उपलब्धीहरुलाई सार्थक तुल्याउन तथा भू.पू. सैनिकका समस्या समाधान गर्ने अन्तिम अवसर नगुमाउन गेसाेले दुवै देशका सरकारलाई सुझाव दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुबईमा अलपत्र युवककाे कांग्रेस महामन्त्री शर्माको पहलमा उद्दार

भद्रपुर नगरपालिका- १० का अजीत राजवंशीलाई उद्दार गरी स्वदेश ल्याइएका हो। झापा १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा उनलाई स्वदेश फर्काइएको नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष भुवानीप्रसाद तिम्सिनाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झपा

अरूण चाैधरी पक्राउ परेपछि निजी क्षेत्रले पत्रकार सम्मेलन गर्दै

सांसद विनाेद चाैधरीका भाइ अरूण चाैधरीलाई सिआईबीले पक्राउ गरेपछि निजी क्षेत्रले पत्रकार सम्मेलन गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैंकक जान लागेका यात्रुकाे पैसा चाेरी गर्ने विमानस्थलका कर्मचारी पक्राउ

नेपाल वायु सेवा निगमकाे उडानमार्फत् काठमाडाैँबाट बैंकक प्रस्थान गर्ने लागेका यात्रुकाे पैसा चाेरेकाे अभियाेगमा त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँसबारी जग्गा प्रकरण: सञ्जय ठाकुर पनि पक्राउ

पक्राउ पर्नेमा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर रहेकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ। सीआईबीकाे टोलीले ठाकुरलाई बिहीबार काठमाडौँबाट पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं